अमेरिकाद्वारा युक्रेनलाई थप सैन्य सहयोगको घोषणा

लोकपथ
105
Shares

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनी समकक्षी भोलोदिमिर जेलेन्स्कीसँगको वार्ताका क्रममा कियभका लागि १२ करोड ५० लाख डलर मूल्यको थप सैन्य सहयोगको घोषणा गरेका छन्  ।  

बाइडेनले युक्रेनका लागि सैन्य सहायताको घोषणा गर्दा आफूलाई गर्व लागेको  विज्ञप्तिमार्फत जनाएको छ ।  

सहयोगमा युक्रेनको महत्त्वपूर्ण पूर्वाधारको रक्षा गर्न हवाई रक्षा मिसाइल समावेश छन् । अमेरिकाले रूसको विकसित रणनीति विरुद्ध रक्षा गर्न ‘काउन्टर–ड्रोन’ उपकरण र ‘एन्टी–आर्मरु’ मिसाइल,  युक्रेनी सैनिकको प्रतिरक्षाका लागि गोला बारुद लगायत मोबाइल रकेट प्रणाली सहयोग गरेको जनाएको छ । 

बाइडेनले अमेरिका युक्रेनी स्वतन्त्र जनताको साथमा रहेको उल्लेख गरे। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?