पाकिस्तानमा दुई छुट्टाछुट्टै बस दुर्घटनामा कम्तीमा ३४ जनाको मृत्यु 

लोकपथ
42
Shares

काठमाडौं ।  पाकिस्तानको आजाद पाटन सहर नजिक र मकरान सामुद्रिक तटीय राजमार्गमा आइतबार भएका दुई छुट्टाछुट्टै  बस दुर्घटनामा कम्तीमा ३४ जनाको मृत्यु भएको छ । 

पन्जाब प्रान्त र पाकिस्तान प्रशासित काश्मिरको सिमानामा पर्ने आजाद पाटनमा भएको दुर्घटनामा २२ र  अर्को एक दुर्घटनामा १२ गरी ३४ जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको हो  । 

सञ्चार माध्यमका अनुसार निकै घुम्तीहरू भएको सडकमा तीव्र गतिमा रहेको बसलाई चालकले नियन्त्रणमा लिन नसक्दा बस गहिरो खाल्डोमा  खसेको हो  । उथल सहरबाट करिब १०० किलोमिटर टाढा र इरानको सीमावर्ती सहर पिशिनबाट ५०० किलोमिटर टाढा रहेको पहाडी क्षेत्रमा सो दुर्घटना भएको हो ।

पाकिस्तानमा पहाडी क्षेत्रमा कच्ची सडक, पुराना यातायातका साधन, अत्यधिक भार र चालकको लापर्बाहीका कारण सडक दुर्घटना हुने गरेको पाइन्छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?