पाकिस्तानमा सशस्त्र विद्रोहीद्वारा २२ जनाको गोली हानी हत्या

लोकपथ
70
Shares

काठमाडौं । पाकिस्तानको दक्षिण पश्चिमी क्षेत्रमा बन्दुकधारीले सोमबार कम्तीमा २२ जनाको गोली हानी हत्या गरेको छ । 

 सरकारी अधिकारीहरूका अनुसार  सुरक्षा फौजले साम्प्रदायिक, जातीय र पृथकतावादी हिंसाविरुद्ध लडिरहेको बलुचिस्तान प्रान्तको मुसाखाइल जिल्लामा सोमबार बिहान उक्त आक्रमण भएको हो ।

पन्जाबलाई बलुचिस्तानसँग जोड्ने राजमार्गमा लडाकुहरूले धेरै बस, ट्रक र भ्यान रोक्दा भएको झडपपछि चलेको गोली लागी कम्तीमा २२ जनाको मृत्यु भएको  हो । 

सञ्चार माध्यमका  अनुसार १९ जना पन्जाबी र तीन जना बलोच सर्वसाधारण मारिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?