काठमाडौं । रुसले सोमबार युक्रेनको ऊर्जा पूर्वाधारलाई लक्षित गरी गरेको ड्रोन तथा मिसाइल आक्रमणमा कम्तीमा तीन जनाको मृत्यु भएको छ । सञ्चार माध्यमका अनुसार मध्यरातमा सुरु भएको उक्त आक्रमण युक्रेनविरुद्ध रुसको ठूलो आक्रमण हो ।
युक्रेनी वायु सेनाका अनुसार रुसी ड्रोनका धेरै समूहहरू युक्रेनको पूर्वी, उत्तरी, दक्षिणी र मध्य क्षेत्रहरूतर्फ प्रहार भएका थिए । प्रहार भएका हतियारमध्ये केही क्रुज र ब्यालेस्टिक मिसाइलहरू पनि थिए ।
आक्रमणका कारण युक्रेनका मुख्य सहरमा विद्युत र पानीको आपूर्ति अवरुद्ध भएको हो । आक्रमण पछि छिमेकी देश पोल्यान्डमा देशको पूर्वी भागमा प्रहरी र नेटो हवाई सुरक्षा सक्रिय भएको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया