काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मंगलबार ब्रुनाई दारुस्सलाम र सिंगापुरको तीन दिने आधिकारिक भ्रमणका लागि प्रस्थान गरेका छन् ।
भारतीय प्रधानमन्त्रीको रुपमा मोदीको यो पहिलो ब्रुनाई भ्रमण हो । दुई राष्ट्रबीचको कूटनीतिक सम्बन्धको ४० वर्ष पूरा भएको अवसरमा निर्धारित यस भ्रमणलाई द्विपक्षीय महत्वको रुपमा लिएको स्रोतले जनाएको छ ।
भ्रमणको दोस्रो चरणमा प्रधानमन्त्री मोदीले सेप्टेम्बर ४–५ मा सिंगापुर भ्रमण गर्ने स्रोतले जनाएको छ । यसै गरी भारत–ब्रुनाई दारुस्सलाम कूटनीतिक सम्बन्धको गौरवशाली ४० वर्ष पूरा गरेको अवसरमा महामहिम सुल्तान हाजी हसनल बोल्कियालाई भेट्न उत्सुक रहेको प्रधानमन्त्री मोदीले विज्ञप्तिमार्फत जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया