एक सातामा ७६ करोड पर्यटकले गरे चीनको भ्रमण 

लोकपथ
112
Shares

काठमाडौं । सन् २०२४ वर्ष चिनियाँ राष्ट्रिय दिवसको बिदामा चीनले पर्यटन क्षेत्रमा उल्लेख्य प्रगति गरेको छ । एक सातामा ७६ करोड पर्यटकले चीनको भ्रमण गरेका छन् । 

चीनको संस्कृति तथा पर्यटन मन्त्रालयको तथ्यांक केन्द्रको अनुमानित तथ्यांक अनुसार साताब्यापी राष्ट्रिय दिवसको बिदामा ७६ करोड ५० लाखले विभिन्न प्राप्तमा भ्रमण गरेका छन् । साताब्यापी भ्रमण गर्नेहरू अधिकांश आन्तरिक पर्यटक हुन् ।

गत वर्षको तुलनामा सोही अवधिमा यसवर्ष ५.९ आन्तरिक पर्यटकको संख्यामा प्रतिशतले वृद्धि भएको छ । जसका कारण राजश्व एवम राष्ट्रिय आम्दानी बढेको देखिन्छ । 

आन्तरिक पर्यटकहरूको भ्रमणले कुल सात अर्ब ८१ करोड ७० लाख चिनियाँ युआन खर्च गरेका छन् । (भिडियो सीसीटिभी)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?