स्वास्थ्यमन्त्री पौडेल र भाजपाका नेता विजय चौथाइवालेबीच भेटघाट, के भयो कुराकानी ?

लोकपथ
91
Shares

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल र भारतीय जनता पार्टी (भाजपा) का नेता विजय चौथाइवालेबीच भेटघाट भएको छ ।

भारत भ्रमणमा रहेका मन्त्री पौडेल र भाजपाका विदेश विभाग प्रमुख समेत रहेका चौथाइवालेबीच भारतको नयाँ दिल्लीमा भेट भएको हो ।

भेटका क्रममा द्वीपक्षीय सम्बन्धका विषयमा कुराकानी भएको मन्त्री पौडेलले जानकारी दिए । साथै नेपाली कांग्रेस र भाजपाबीचको मित्रताका विषयमा समेत छलफल भएको उनले बताए ।

‘भारतीय जनता पार्टीका प्रभावशाली नेता एवम् विदेश विभाग प्रमुख विजय चौथाइवालेजीसँग आज भेटवार्ता भयो।
भेटका क्रममा हामीले नेपाल र भारतबीचको द्विदेशीय सम्बन्धका साथै नेपाली कांग्रेस र भारतीय जनता पार्टीबीचको मित्रताका विविध आयामबारे विचारविमर्श गर्यौँ,’ मन्त्री पौडेलले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?