सरकारी वकिलको कार्यालय काठमाडौंमा लामिछानेको बयान जारी

लोकपथ
70
Shares

काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको बयान जारी छ ।

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा अहिले बयान चलिरहेको हो ।

स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन गरेको आरोपमा लामिछानेलाई बयानका लागि बिहीबार साँझ काठमाडौं ल्याइएको थियो ।

आज बिहान साढे ८ बजेदेखि सरकारी वकिलको कार्यालय काठमाडौंका उपन्यायाधिवक्ता फणीन्द्र कटुवालले उनको बयान लिइरहेका हुन् ।

गत कार्तिक २ गते लामिछानेलाई सहकारी ठगी प्रकरणमा काठमाडौंको बनस्थलीस्थित रास्वपाको केन्द्रीय कार्यालयबाट पक्राउ गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?