काठमाडौं । अछाममा नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) ले आफैँमाथि गोली चलाएका छन् ।
जिल्लाको तुर्माखाद गाउँपालिका वडा नं ३ को भैरवस्थान प्रहरी चौकीमा कार्यरत असई किसनबहादुर चन्दले बिहीबार राति आफैँमाथि गोली प्रहार गरेका हुन् ।
उनी भैरवस्थान प्रहरी चौकीको ईन्चार्ज समेत रहेका थिए ।
चन्दले आफैँले बोकेको पेस्तोलले बायाँ छातीको माथिल्लो भागमा गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।
उनलाई तत्काल उद्धार गरी कोहलपुर मेडिकल कलेजमा लगिएको थियो । उनी अहिले खतरामुक्त रहेका छन् ।
उक्त घटनाबारे छानबिनका लागि समिति गठन गरिएको छ ।
घटनाबारे छानबिन गर्न इलाका प्रहरी कार्यालय कमलबजारका प्रमुख प्रहरी निरीक्षक हर्षबहादुर चन्दको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया