काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले नेपालको राष्ट्रिय हितलाई उच्च प्राथमिकतामा राखेर वर्तमान सरकार अघि बढ्ने बताएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणको सन्दर्भमा नेपाल–चीन हिमालयन मैत्री समाज र ट्रान्सहिमालयन अनुसन्धान तथा अध्ययन प्रतिष्ठानद्वारा आज आयोजित ‘नेपाल–चीन सम्बन्ध बिआरआई कार्यान्वयन’ विषयक अन्तरक्रियामा उनले राष्ट्र र जनताको हितविपरित कुनै सम्झौता नहुने बताएका हुन् ।
मुलुकको आर्थिक समृद्धिका लागि आवश्यक परेको अवस्थामा सरकारले ऋण र अनुदान दुवै लिन सक्ने जनाउँदै मन्त्री अधिकारीले अहिले बाहिर सार्वजनिक भए जस्तो ‘चीनसँग ऋण नलिने’ भन्ने विषय हुँदै नभएको स्पष्ट पारे। ‘सकेसम्म ऋण नलिने भन्ने हो, लिनै परे उत्पादन मूलक क्षेत्रमा लगानी गर्ने हो, ’उनले भने
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया