सत्ता समीकरण परिवर्तन गर्न पर्दाभित्र र बाहिर कसैले कोसिस नगरे हुन्छ : उपप्रधानमन्त्री पौडेल

लोकपथ
84
Shares
फाइल तस्बिर

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वर्तमान सरकार आगामी निर्वाचनसम्म नै कायम रहने दाबी गरेका छन्  । शनिबार रुपन्देही उद्योग संंघको ४७औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।

उनले विगतमा छिनछिनमा सरकार परिवर्तन भइरहेको हुनाले वर्तमान सरकार पनि कतिबेला परिवर्तन होला भन्ने आशंका उब्जिएको हुनसक्ने भन्दै सरकार ०८४ सम्म नै कायम रहने बताए । उनले कांग्रेस-एमालेबीचको समीकरण ०८४ मा हुने निर्वाचन नहुन्जेलसम्म जारी रहने बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?