राजनीतिलाई सही दिशामा लैजान आवश्यक : अध्यक्ष नेपाल

लोकपथ
35
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राजनीतिलाई सही दिशामा लैजान आवश्यक रहेको बताएका छन् ।

शनिबार काठमाडौंमा मोहनविक्रम सिंहको पुस्तक कामरेड जलजलाको विमोचन समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले राजनीतिलाई सही दिशामा लैजानको निम्ति कम्युनिष्ट आन्दोलनलाई बचाइराख्नुपर्ने बताए । उनले मानव जातिभित्र असल पनि र खराब पनि रहेको उल्लेख गरे ।

उनले नेपालका नेताहरुभित्र पनि असल र खराबका साथसाथै भ्रष्ट,पतित,स्वार्थी,मतलवी र देश बेच्ने प्रपञ्च रच्नेहरू पनि रहेको टिप्पणी गरे । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?