सीजी मोटर्स र टीटी ग्लोबलले गर्यो पृथ्वी राजमार्ग बस सञ्चालकलाई फास्ट चार्जर हस्तान्तरण

लोकपथ
91
Shares

काठमाडौं । सीजी मोटर्स र टीटी ग्लोबलले पृथ्वी राजमार्ग बस सञ्चालक लाई फास्ट चार्जर हस्तान्तरण गरेको छ । सीजी मोटर्सका प्रमुख कार्यकारी अधिकृत हेमन्त अग्रवालले मंगलबार आयोजित एक कार्यक्रममा पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीका अध्यक्ष योगेन्द्र बहादुर केसीलाई चार्जर हस्तान्तरण गरेका हुन् ।

सीजी मोटर्स नेपालमा केवाईसी, किङ्गलोङ्ग, निटा, दायुन, रिडारा, एक्ष्पेङ्ग, जीएसी, स्मार्ट र अवतारको आधिकारिक वितरक हो।

चार्जिङ स्टेशन र सेवा केन्द्रहरूका साथ नेपालको अटोमोबाइल उद्योगमा नेतृत्व गर्दै आएको सीजी मोटर्सले
फास्ट चार्जर हस्तान्तरण गरेसँगै अब राजमार्गमा चार्जिङको समस्या कम हुने विश्वास लिइएको छ ।

विद्युतीय गाडी आयात गरी आक्रामक बजार विस्तार गरिरहेको सीजी मोटर्सले फास्ट चार्जिङ स्टेशनमा लगानी बढाइरहेको छ । यसैक्रममा सीजी र पोखराका लागि डिलर टीटी ग्लोबल प्रालीले पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीलाई फास्ट चार्जर हस्तान्तरण गरेको हो ।

कम्पनीको कार्यालय परिसर पोखरामा चार्जिङ स्टेशन स्थापना गरिने बताइएको छ । चार्जिङ स्टेशन विस्तार पछि विद्युतीय गाडी चार्ज गर्नका लागि यातायात व्यवसायीहरू लाभान्वित हुने विश्वास गरिएको छ । पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीका अध्यक्ष केसीले विद्युतीय गाडीमा आकर्षण बढिरहेकाले चार्जिङ स्टेसनको पूर्वाधार विकास हुनुपर्ने बताए । आगामी दिनमा सीजी मोटर्ससँग सहकार्य गर्दै अगाडि बढ्न आफूहरू तयार रहेको बताए ।

सिजी मोटर्सले देशभर दुई सय भन्दा बढी स्थानमा फास्ट चार्जिङ स्टेशन स्थापना गरिसकेको छ । अबको एक वर्षभित्र थप दुई सय स्थानमा बिस्तार गरिने प्रालिका प्रमुख कार्यकारी अधिकृत अग्रवालले जानकारी दिए ।

टीटी ग्लोबलले पोखराका लागि केवाईसी, किङलङ, नेटा, रिडारा र अभतारको बिक्रीवितरण गर्दै आइरहेको छ । टीटी ग्लोबलका निर्देशक प्रमेश पराजुलीले चार्जिङ स्टेशन तथा अन्य पूर्वाधार विकासमा सीजी मोटर्स र टीटी ग्लोबल प्रतिबद्ध रहेको बताए । बिक्री पछिको सेवा प्राथमिकतामा रहेको उनले बताए ।

नेपालमा इलेक्ट्रिक गाडीहरूको माग बढ्दै जाँदा सीजी मोटर्स ईभी इन्फ्रास्ट्रक्चरको लागि विश्वसनीय सेवा र मर्मत सेवा सुनिश्चित गर्नमा केन्द्रित भइरहेको छ । केहि दिन अघि बागडोलमा नयाँ सर्भिस सेन्टर संचालनमा ल्याएको कम्पनीले नेपालभर २१ सर्भिस स्टेशनहरु तथा स्पेर पार्ट्स बिक्री केन्द्र संचालन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?