सप्तरीमा अस्पतालका कर्मचारीको शव झुण्डिएको अवस्थामा फेला

लोकपथ
21
Shares

सप्तरी । जिल्लाको राजविराजस्थित खेलकुद विकास समिति भवनको झ्यालमा बाँधिएको अवस्थामा एक जनाको शव फेला परेको छ ।

मृतक गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालमा कार्यरत कर्मचारी अन्दाजी ४५ वर्षीय सुधीर कुमार झा रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डीएसपी जितेन्द्रकुमार बस्नेतले लोकपथलाई जानकारी दिए ।

उनका अनुसार अहिले पासोबाट शवलाई निकालिएको र परिवार आउने क्रम रहेको बताए ।

‘आज बिहान खेलकुद विकासको भवनमा एक व्यक्तिको शव बाँधिएको अवस्थामा फेला परेको विषयमा हामीले अनुसन्धान अघि बढाएका छौँ,’ उनले भने, ‘शवलाई पासोबाट निकालेर परिवारलाई बोलाएका छौँ । थप अनुसन्धान भइरहेको छ ।’

उनका अनुसार शवको प्रकृति हेर्दा शंकास्पद रहेको छ । बिहान स्थानीयले शवबारे जानकारी गराएपछि प्रहरी त्यहाँ पुगेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?