काठमाडौं । नेपाली कांग्रेसको कोशी प्रदेश सम्मेलनका विषयमा डा. शेखर कोइराला पक्ष असन्तुष्ट देखिएको छ ।
गृह प्रदेशकै सम्मेलनका लागि सभापति शेरबहादुर देउवा, महानमन्त्री गगनकुमार थापा लगायत शीर्ष नेताहरु विराटनगर पुग्दा स्वंय डा. कोइराला भने उपस्थित भएनन् ।
मर्यादाक्रममा चित्त नबुझाएको कारण देखाउँदै डा.कोइराला त्यहाँ नबसेपछि उनी पक्षीय नेता कार्यकर्ताहरुले पार्टी नेतृत्वको आलोचना गरिरहेका छन् ।
कोशी प्रदेशका पूर्वमुख्यमन्त्री समेत रहेका शेखर निकटका कांग्रेस नेता केदार कार्कीले शेखर नभएका बेला पार्टी सभापति देउवा विराटनगरस्थित कोइराला निवास पुगेको भन्दै कटाक्ष गरे । साथै मौका पर्दा आफ्नै माहु खाने माकुराको बच्चा प्रवृत्ति महानमन्त्री थापाले देखाएको भन्दै कटाक्ष गरे ।
‘संस्कार अग्रज र अनुभवीमै हुन्छ शेखर दाई नभएको बेला कोइराला निबास गएर पार्टी सभापतिले बड़प्पन देखाऊनु भयो सधै माकुरोको बच्चा प्रवृति अगाल्ने महामन्त्रीको चरित्र बिराटनगरमा देखियो,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया