काठमाडौं । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा शनिबार दिउँसो प्रहरीले दुई जना किशोरहरुलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा दैलेख नारायण नगरपालिका-६ घर भई हाल काठमाडौं महानगरपालिका-३० रूद्रमार्ग बस्ने २ जना १८ वर्षीय किशोरहरू रहेका छन् ।
उनीहरूले ती किशोरीलाई घुम्न जाने भनी ललाई फकाई आफ्नो कोठामा लगेर मंगलबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी वृत्त मालीगाउँबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया