काठमाडौं । ललितपुरमा इनारमा डुबेर बालिकाको मृत्यु भएको छ । गोदावरी नगरपालिका–१३ झरूवाराशी बस्ने सुर्खेत गुरूवा कोट नगरपालिका-२ घर भएका सन्तोष डाँगीकी छोरी ६ वर्षीया आरती डाँगीको मृत्यु भएको हो ।
सोही ठाउँस्थित इनारमा डुबेर अशक्त भएकी उनको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा शनिबार साँझ मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया