‘धर्ती माता’ भन्दै यूवती चुट्ने महिला पक्राउ

appharu
0
Shares


आफूलाई धर्तिमाता भन्दै यूवती चुट्ने एकजना महिला पक्राउ परेकी छिन् ।
काठमाडौँको भद्रकाली मन्दिरमा आफूलाई ‘धर्ती माता’ बताउँदै एक युवतीलाई यातना दिने महिला पक्राउ परेकी हुन् ।

काठमाडौं प्रहरी परिसर, टेकुको विशेष टोलीले उनलाई शुक्रबार बिहान बालाजुबाट पक्राउ गरेको हो ।

काठमाडौं प्रहरी परिसरका डीएसपी होविन्द बोगटी नेतृत्वको टोलीले उनलाई पक्राउ गरेको हो । अहिले उनलाई काठमाडौं प्रहरीको हिरासतमा राखिएको छ ।

एक साताअघि उनले सर्वसाधारणको भिडका बीच युवतीलाई यातना दिएकी थिइन् । जसको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

बोगटीका अनुसार प्रहरीले पीडित यूवतीलाई खोजीरहेको छ । यद्यपि हालसम्म पीडितलाई प्रहरीले भेटेको छैन ।

पीडितलाई उजुरी दिन आग्रह गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?