सिरिन्ज आक्रमणकारीको बयान : ‘रमाईलोका लागि युवतीमाथि काँटी प्रहार’

appharu
0
Shares


काठमाडौं उपत्यकामा भएको श्रृंखलावद्ध सिरिन्ज आक्रमणमा संलग्नको आशंकामा प्रहरीले हिजो राति पक्राउ गरेका एक ३० वर्षीय सन्तोष कार्कीले रमाईलोका लागि आफूले यूवतीमाथि काँटी रोपेको बताएका छन् ।

नेपाल प्रहरीको काठमाडौं परिसरले नियन्त्रणमा लिएका उनले आफूले रोग सार्ने नियतले सिरिन्ज अट्याक गरेको नभई रमाईलोका लागि गरेको दाबी गरेका छन् ।

महानगरीय प्रहरी परिसर टेकुको हिरासतमा राखिएका उनले प्रहरीसामू ढल्कु र पकनाजोल क्षेत्रको घटनामा आफ्नो संलग्नता पनि स्वीकार गरेका छन् ।केही समयअघि मात्रै वैदेशिक रोजगारीबाट फर्किएका कार्कीको महाराजगञ्जमा रेष्टुरेन्ट छ ।

प्रहरीमा सिरिन्ज आक्रमणबारे रिपोर्ट परेलगत्तै प्रहरीले युवतीलाई आक्रमण भएको क्षेत्रमा जडान गरिएका सीसी टीभीबाट फुटेज निकालेर अनुसन्धान थालेको थियो ।

त्यसकै आधारमा अनुसन्धान गर्दै जाँदा प्रहरी कार्कीसम्म पुगेका थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?