अनेरास्ववियूले रोप्ने भयो ५० लाख विरुवा

काठमाडौं । सत्तारूढ नेकपा निकट अनेरास्ववियूले ५० लाख बिरुवा रोप्ने घोषणा गरेको छ ।

आज उपत्यकामा आयोजित कार्यक्रममा अनेरास्ववियूका संयोजक ऐन महरले अनेरास्ववियूले ४० हजार स्वयंसेवक परिचालन गरेर भाद्र मसान्तसम्म ५० लाख रुखका विरुवा रोप्ने घोषणा गरेका छन् ।अनेरास्ववियूले ‘ ग्रिन नेपाल , क्लिन नेपाल ‘ अभियान संचालन गरेर उक्त वृक्षरोपण कार्यक्रम संचालन गर्ने निर्णय गरेको हो ।

कार्यक्रममा असार १४ गतेलाई राष्ट्रिय वृक्षरोपण दिवस घोषणा गरेर सरकारले संचालन गरेको वृक्षरोपण कार्यक्रममा अनेरास्ववियूले सक्रिय रुपमा सहयोग गर्ने सहसंयोजक रञ्जित तामाङले वताए।

अनेरास्ववियूले भोलि विहान उपत्यकाको हकमा कोटेश्वर – कलङ्की खण्डको सडकमा र देशभरका क्याम्पस , नजिकका विद्यालय र अन्य तोकिएका ठाउँमा राष्ट्रिय उत्सवको रुपमा वृक्षरोपण गर्ने कार्यक्रम तय गरेको अनेरास्ववियूका नेता सुरेन्द्र बस्नेतले जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?