त्रिभुवन विमानस्थलमा दुर्घटना गराइदै !

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज विमान दुर्घटनाको डेमो गरिदैछ ।

केही हेलिकप्टर आपतकालीन उद्धारको शैलीमा विमानस्थल वरपर उड्नेछन् भने काठमाण्डौ महानगरपालिकाका दमकल, सुरक्षाकर्मी र एम्बुलेन्स चर्को साइरन बजाउँदै विमानस्थल पुग्नेछन् । अन्तर्राष्ट्रिय विमानस्थलले हरेक दुई वर्षमा आपतकालीन उद्धार अभ्यास गर्ने चलन छ ।

अघिल्लो पटक विमान दुघर्टनाको अभ्यास गरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले यस पटक भने बम खतराको अभ्यास गर्न लागेको हो । यसको लागि ३ बजेर १० मिनेटदेखि ३ बजेर ४० मिनेटसम्म विमानस्थलमा विमान उडान र अवतरण बन्द गरिँदैछ ।

विभिन्न सञ्चारमाध्यमले अभ्यासको घटनालाई पनि साँच्चिकै जसरी प्रस्तुत गरेर नागरिकमा त्रास फैलिने भएकाले त्यस्ता खबरको पछि नलाग्न विमानस्थलले अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?