गूगलले किताबको पाना पल्टाएजस्तै स्क्रीनमा हेर्न सकिने फोल्डेबल फोन ल्याउँदै

काठमाडौं । सामसुङ ग्यालेक्सी फोल्ड र ह्वावे मेट एक्सलाई पछ्याउँदै गूगलले पनि फोल्डेबल फोनको तयारी गरेको छ ।

यसको लागि गूगलले हालै पेटेन्ट दर्ता गरेको छ, जुन अहिलेका फोल्डेबल फोनहरुभन्दा फरक देखिन्छ ।

गूगल एलएलसीले हालै वल्र्ड इन्टेलेक्चुअल प्रोपर्टी अफिसमा सन् २०१८ को अन्त्यमा पेटेन्ट दर्ता गराएको थियो र यो अहिले प्रकाशित भएको छ ।

पेटेन्टकाअनुसार गूगलको फोल्डेबल फोनहरुमा धेरै फोल्ड गर्न मिल्ने डिस्प्ले हुनेछ जसलाई किताब खोलेजस्तै देखिन्छ । डिभाइसमा कयौं ओएलईडी स्क्रीनहरु जोडिएका हुनेछन र यो किताबको पाना पल्टाएजस्तै पल्टाउन सकिनेछ । यसको ब्याट्री, प्रोसेसर, क्यामरालगायतका अन्य कम्पोनेन्ट भने पछिल्लो भागमा हुनेछ ।

गूगल फोल्डेबल फोन डिस्प्ले डिभाइसको भित्र हुनेछ र यसको दुबै साइडमा डिस्प्ले कन्टेन्ट हुनेछ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?