१० वर्षमा तीन हजार किलोमिटर रेलमार्ग

appharu
0
Shares

काठमाडौँ- सरकारले आगामी एक दसकमा झन्डै तीन हजार किलोमिटर रेलमार्ग निर्माण गरी देशका प्रमुख सहरलाई जोड्ने योजना अगाडि सारेको छ ।
राष्ट्रिय सभा अन्तर्गतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिकोे बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले रेलको भावी योजनाबारे विस्तृतमा जानकारी दिए ।

मन्त्री महासेठका अनुसार सरकारले १० वर्षभित्र दुई हजार आठ सय किलोमिटर रेलमार्गद्वारा देशको प्रमुख सहरी भूभाग विद्युतीय रेल सेवाले जोड्ने लक्ष्य लिएको छ । उनले पूर्वपश्चिम रेलमार्गको ९४५ किलोमिटर डीपीआर तयार भइसकेको जानकारी दिए । गाेरखापत्र दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?