प्रधानमन्त्रीले कोटेश्वर-कलंकी सडक किनारमा नासपाती रोपे

काठमाडौं । राष्ट्रिय वृक्षारोपण दिवसको अवसरमा काठमाडौंको कोटेश्वर-कलंकी सडक किनारमा शनिबार बिहान फलफूलका बिरुवा रोपिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले कोटेश्वरमा नासपातीको बिरुवा रोपेर वृक्षारोपण अभियानको शुभारम्भ गरेका हुन् ।
सरकारले हालै असार १४ गतेलाई राष्ट्रिय वृक्षारोपण दिवस मनाउने निर्णय गरेको थियो । सोही निर्णयअनुसार वन तथा वातावरण मन्त्रालयको आयोजनामा देशभर वृक्षारोपण अभियान सुरु गरिएको हो ।
कोटेश्वर क्षेत्रको कार्यक्रममा प्रधानमन्त्री ओलीसहित, सुरक्षाकर्मी, कर्मचारी, विद्यार्थी, सांसद, बिभिन्न सामाजिक संस्था, राजनीति दलका कार्यकर्तालगायतको पनि उल्लेख्य उपस्थिति थियो ।

कोटेश्वर-कलंकी क्षेत्रलाई ९ खण्डमा बिभाजन गरी जनसहभागीताको व्यवस्था मिलाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?