करिश्मा मानन्धरमाथि लाग्यो यस्तो आरोप !

काठमाडौं– अभिनेत्री करिश्मा मानन्धरमाथि पदाधिकारीको जिम्मेवारी नपाएको झोकमा पार्टी छोडेको आरोप लागेको छ ।

समाजवादी पार्टी नेपालका युवा नेता विश्वदीप पाण्डेले उनीमाथि यस्तो आरोप लगाएका हुन् ।
केही दिनअघि मानन्धरले राजनीति ज्ञान र विज्ञानले मात्र नहुँने भन्दै डा.बाबुराम भट्टराईले पार्टीलाई व्यवस्थापन गर्न नजानेको बताएकी थिइन् ।

पाण्डेले फेसबुकमा स्टाटस पोष्ट गर्दै डा. बाबुराम भट्टराईप्रति करिश्माले गरेको टिप्पणीलाई पद नपाउँदाको आक्रोश भएको बताए ।

उनले भने, ‘उहाँको माग भनेको पदाधिकारीमा म पनि हुनुपर्छ भन्ने थियो, जुन भोलिको दिनमा सम्भावना थियो, तर अहिले तत्कालै थिएन । करिश्माजीको असहमति कुनै विचारमा, पद्धतिमा होइन ।’
पाण्डेले एसईई परिक्षामा उत्तिर्ण भएकोमा करिश्मालाई बधाई पनि दिएका छन् |

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?