एजेन्सी । ब्राजिलमा जारी कोपा अमेरिका फुटबल खेल आफ्नो करियरकै सबैभन्दा खराब कोपा अमेरिका भएको अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले बताएका छन् ।
भेनेजुएलालाई पराजित गर्दै कोपा अमेरिकाको सेमिफाइनल पुगेपछि बोल्दै कप्तान मेस्सीले टिम अन्तिम चारमा पुग्नु महत्वपूर्ण रहेको तर जारी कोपा आफ्नो उत्कृष्ट कोपा नरहेको बताए ।
‘ यो मेरो उत्कृष्ट कोप अमेरिका हैन् । मैले एस्तो सोचेको थिएँन,’ मेस्सीले भने, ‘महत्वपूर्ण कुरा यो हो हामीले जित्यौं र यसलाई निरन्तरता दिन्छौं ।’
शनिबार बिहान भएको खेलमा भेनेजुएलालाई २–० गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना सेमिफाइनल पुगेको थियो ।
अर्जेन्टिना सेमिफाइनलमा पुगेपनि मेस्सीले गोल गर्न सकिरहेका छैनन् । मेस्सीले चार खेलमा मात्र एक गोल पेनाल्टीबाट गरेका छन् ।
‘यो कप खेल हो । जुन टिमले जसलाई नि हराउन सक्छ, कप्तान मेस्सीले भने, ‘यहाँ खेल्न निकै कठिन छ । मैदान निकै खराब छ । लाजमर्दो कुरा छ कि यहाँका सबै मैदान उस्तै छ ।’
अर्जेन्टिनाले अब फाईनल प्रवेशका लागि आयोजक ब्राजिलसंग प्रतिस्पर्धा गर्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया