ओली–प्रचण्ड घोचपेच

appharu
0
Shares

पार्टी एकता हुँदाको सम्झौता कार्यान्वयनका सवालमा आपसी तिक्तता बढिरहेका बेला सत्तारूढ नेकपाका दुई अध्यक्ष शनिबार राजधानीमा एउटै सार्वजनिक कार्यक्रममा उपस्थित भए । कार्यक्रम सुरु नहुँदै नेकपा अध्यक्ष पुष्पकमल दाहाल मञ्चमा पुगिसकेका थिए । त्यसको १५ मिनेटपछि प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओली आइपुगे ।
मञ्च पुग्नासाथ ओलीले दाहालसँग हात मिलाए । त्यसलाई कार्यकर्ताले हुटिङका साथ स्वागत गरे । हल तालीको गडगडाहटले गुन्जियो । दुई अध्यक्षबीच बढेको अविश्वासका कारण उनीहरूले हात मिलाउँदासमेत कार्यकर्ताले लामो समय ताली बजाए ।
बोल्ने क्रममा दुई नेताबीच आपसमा छेडखानीसमेत चल्यो । दाहालले आधा घण्टा र ओलीले ५० मिनेट बोले । ‘जननेता’ स्व मदन भण्डारीको ६८औं जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउन्डेसनले आयोजना गरेको विचार गोष्ठीमा अध्यक्षद्वयका अतिरिक्त कांग्रेस नेता कृष्णप्रसाद सिटौला, सूर्य चिहनबाटै चुनाव जितेका सांसद हृदयेश त्रिपाठीसहितका नेता वक्ताका रूपमा उपस्थित थिए ।
दुई अध्यक्षबीचको तिक्ततापूर्ण सम्बन्धको विषय सांसद त्रिपाठीले सुरुमै उठाए । नेकपा र सरकारको सफलतारअसफलताको विषय राजनीतिक कोर्ससँग जोडिएको भन्दै उनले दुई नेतालाई मिल्न सचेत गराए । ‘उहाँहरू निर्वाचनपछि यति ठूलो बन्नुभयो कि आफ्नो क्षेत्रफल कति हो भन्ने थाहा नभए जस्तो छ । अहिले धेरै जञ्जालमा पर्नुभयो, अरूले त उहाँहरूलाई कलाकार पनि भन्छन्,’ त्रिपाठीले भने, ‘पार्टी एकीकरण र सरकारलाई सफल बनाउन सक्नुभएन भने लोकतान्त्रिक प्रणालीमाथि नै खतरा उत्पन्न हुन्छ । नेकपा असफल भयो भने सम्हाल्न प्रतिपक्ष पनि तयार छैन ।’ असफल हुँदा एउटा सरकार र नेकपा मात्रै होइन, प्रणाली नै असफल हुने र राजनीतिक कोर्स नै बदलिने खतरा रहेको उनले बताए ।

त्रिपाठीका यी भनाइलाई दुवै अध्यक्षले ठीकै हो भन्दै एकअर्कालाई छेडछाड गरे । कम्युनिस्ट आन्दोलनका पथप्रदर्शक मदन भण्डारीको गुणगानका क्रममा दुवै अध्यक्षले एकआपसमा अप्रत्यक्ष ढंगले छेडछाड गरे ।
ओलीले नक्कली सिद्धान्तको पिँजडाभित्र रहेको भन्दै अध्यक्ष दाहाललाई व्यंग्य गरे ।
दाहालले पनि मदन भण्डारी आग्रह, पूर्वाग्रह राख्ने संकीर्ण नेता नभएको भन्दै घुमाउरो भाषामा ओली भने संकीर्ण बनेको सांकेतिक आरोप लगाए । कान्तिपुर दैनिकमा खबर छापिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?