दुर्घटना गराउने एउटा, पक्राउ दिने अर्को

appharu
0
Shares

नवलपुर – पूर्वी नवलपरासीको गैंडाकोट–२ मा असार ९ गते राति पश्चिमबाट पूर्वतर्फ गइरहेको ना७ख ७७१ नम्बरको ट्रकले ना२७प ५३६ नम्बरको मोटरसाइकललाई ठक्कर दियो । उक्त घटनामा ४० वर्षीय तिलचन्द्र अधिकारीको ज्यान गयो ।

घटना प्रहरीसमक्ष पुगेर सवारी नियन्त्रणमा लिँदा ट्रकका चालक फेरिइसकेका थिए । नक्कली चालक आफैं प्रहरीसमक्ष पुगेर आफूले ट्रक चलाएको भन्दै हिरासतमा पसे ।

रातको समय भएकाले अरूले घटना संलग्नको पहिचान गर्नुअघि नै चालक फेरिएका थिए । उक्त ट्रक हेटौंडाका रञ्जित लामाले चलाएका थिए । उनी घटनालगत्तै फरार भए । रातारात हेटौंडाकै २८ वर्षीय सञ्जित लामा चालकका रूपमा प्रहरी चौकी पुगे । प्रहरीलाई त्यसबेला थाहा भयो, जब चालक बनेर आएकासँग घटनाबारे सोधपुछ थालियो । सञ्जित अकमकाए ।

घटना कसरी भयो भन्ने प्रहरीको प्रश्नको उनले विश्वासिलो उत्तरै दिन सकेनन् । अनुसन्धान थालेपछि उनी नक्कली चालक बनेर आएको पत्ता लाग्यो । घटनाको भोलिपल्टै प्रहरीले वास्तविक चालक रञ्जितलाई हेटौंडाबाट पक्राउ गर्‍यो । दुवै जनाविरुद्ध अहिले सवारीज्यान तथा किर्ते मुद्दामा कारबाही अघि बढाइएको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका डीएसपी अर्जुन रानाभाटले बताए । कान्तिपुर दैनिकमा खबर छापिएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?