बजेटमा पहुँचवाला मन्त्रीको एकलौटी

appharu
0
Shares

धनगढी- असन्तुलित एवं अपारदर्शी बजेट ल्याएको भन्दै आक्रोशित प्रमुख प्रतिपक्षी दल कांग्रेस र राजपाले प्रदेशसभा परिसरमै रातो किताब जलाएर लगातार अवरोध गरेपछि दुई सातासम्म प्रदेशसभाको बैठक चल्न सकेको छैन ।
त्यसैमा सत्तारुढ दल नेकपाकै अधिकांश सांसदसमेत आफ्नै सरकारले ल्याएको बजेटप्रति निकै रुष्ट छन् । मन्त्रीहरूले ‘आफ्नो हात जगन्नाथ’ गरेको प्रतिपक्षीको आरोपलाई सत्तारुढ दलकै सांसदको रुष्टताले बल पुगेको छ । पहुँचवाला मन्त्रीले योजनामा असमान वितरण मात्रै गरेनन्, अर्थ विविध शीर्षकमा ६ अर्ब ५१ करोडको राखेर मनचाहिँदो गर्ने बाटो बनाएको भन्दै सांसदले विरोध बढाएका हुन् । कान्तिपुर दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?