नेकपाले छाड्यो जबज

appharu
0
Shares

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र पार्टीको मूल कार्यदिशा जनताको जनवाद भएको बताएका छन्।
पार्टीको कार्यदिशाबारे विवाद भइरहेका बेला अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले एउटै मञ्चबाट जनताको जनवादमा जाने बताएका हुन्। तत्कालीन एमालेले अंगीकार गर्दै आएको जनताको बहुदलीय जनवाद (जबज) र माओवादी केन्द्रको एक्काईसौं शातब्दीको जनवाद दुवैलाई छाड्दै नेकपाले जनताको जनवादलाई कार्यदिशा बनाएको हो।

अध्यक्षद्वयले जबजको सारतत्व र विशेषतालाई आधार मानेर पार्टीको कार्यदिशा जनताको जनवाद अंगीकार गरिएको बताएका हुन्। मदन भण्डारीको ६८औं जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउन्डेसनद्वारा शनिबार राजधानीमा आयोजित कार्यक्रममा ओली र दाहालले सामाजवादसम्म पुग्ने लक्ष्य जबजकै हो तर त्यसको नाम जनताको जनवाद राखिएको बताए।

भण्डारीले प्रतिपादन गरेको जबजको कार्यदिशाबाट तत्कालीन एमाले संसदीय राजनीतिमा अवतरण गरेको थियो। नागरिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?