बेहुलाले १ करोड दाइजो नपाएको भन्दै विवाह मण्डप नै छोडेपछि…

काठमाडौं । बेहुलाले दाइजो नपाएपछि विवाह तोडेका छन् । यो घटना भारतको उत्तर प्रदेशस्थिती ग्रेटर नोयडामा घटेको हो ।

बेहुलाले दाइजोमा १ करोड भारु नपाएपछि विवाह नै तोडेका हुन् । पुलिसले यो मामलामा ३२ वर्षका एक व्यक्तिसहित अन्य १० जनाविरुद्ध मुद्दा दर्ता गरेको छ ।

भारतीय मिडियाका अनुसार दुलही दिल्लीको एउटा बैंकमा काम गर्छिन् । दुलहीले अक्षय गुप्ता, उनका पिता विजय कुमार, आमा रजनी गुप्ता र अन्य सातजनाविरुद्ध मुद्दा दर्ता गराएकी छिन् ।
स्रोतका अनुसार अक्षय एक व्यापारी हुन् र आफ्नो आमा–बुवासँग बस्छन् । पीडित महिलाका अनुसार जब विवाह निश्चित भयो तबदेखि नै उनीहरु दाइजोको काम गरिरहेका थिए । उनले सुरुमा ६ दाजुभाइका लागि सुनको सिक्का, आमा–बुवाका लागि सुनको सिक्री र पाँचतारे होटलमा पार्टी दिनुपर्ने माग गरेका थिए ।

विवाहको दिन दुलहाको यो माग पुरा नभएपछि उनी विवाह मण्डप छोडेर गए । पुलिसले यो मामलामा परिवारविरुद्ध प्राथमिकी दर्ता गरेको छ । एजेन्सीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?