धान दिवस मनाउन कृषिमन्त्री खनाल बर्दिया पुगे

काठमाडौं । सरकारले हरेक वर्ष असार १५ गतेलाई राष्ट्रिय धान दिवस एवम् रोपाइँ महोत्सवको रुपमा मनाउने गर्दछ ।

यस बर्ष पनि धान खेतीमा प्रविधि र यान्त्रिकीकरण, चामल आयातमा न्युनीकरण भन्ने नाराका साथ आज १६ औं राष्ट्रिय धान दिवस मनाइँदै छ ।

यस वर्ष दिवसको मुख्य कार्यक्रम बर्दियाको राजापुर नगरपालिका-८, आयोजना हुँदै छ । कार्यक्रममा कृषिमन्त्री चक्रपाणी खनाल (बलदेव), कृषि विभागका महानिर्देशक सूर्यप्रसाद पौडेल, नेपाल कृषि अनुसन्धान परिषद (नार्क)का महानिर्देशक टेकबहादुर गुरुङ, सांसदलगायतको टोलीको सहभागीता हुने भएका छ । मन्त्रीसहितको टोलि कार्यक्रममा सहभागी हुन बर्दिया पुगिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?