हवाई आक्रमणमा दश लडाकू मारिए

appharu
0
Shares

एजेन्सी । अफगानिस्तानमा सुरक्षाकर्मीहरुले गरेको हवाई आक्रमणमा परी कम्तीमा दश जना तालिबान लडाकू मारिएका छन् ।

देशको पाक्तीया प्रान्तमा पर्ने गार्डासिरा जिल्लामा भएको हवाई कारबाहीमा परी उनीहरु मारिएको प्रान्तीय प्रहरी प्रवक्ता सर्दार वली तबासमले आइतबार जानकारी दिए ।

गुप्तचर निकायले दिएको सूचनाका आधारमा सुरक्षाकर्मीहरुले शनिबार राती गार्डासिरा जिल्लाको सारखिलो क्षेत्रमा आक्रमण गरेका हुन् ।

घटनास्थलबाट सुरक्षाकर्मीहरुले केही हातहतियारहरु समेत बरामद गरेको प्रवक्ता तबासमले जानकारी दिए ।

उनका अनुसार स्थलगत रुपमा गएका सुरक्षाकर्मीहरुले अरु दश जनालाई गिरफ्तार पनि गरेका छन् । घटनाका बारेमा तालिबान लडाकूहरुको तर्फबाट भने कुनै प्रतिक्रिया आएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?