काठमाडौं । मान्छे जन्मेपछि मर्नु त सृष्टिको नियम नै हो । यहाँ हरेक मान्छे ढिलो या चाडो अवस्य धर्ति छाडेर जनै पर्छ । धर्म ग्रन्थहरुमा हाम्रो शरीरको मात्र मृत्यु हुने तर आत्म भने अमर हुने उल्लेख छ । पुराणमा मानिसको मृत्यु हुनु अघि देखिने ९ लक्षणबारे चर्चा गरिएको छ ।
१- जन कुनै ब्यक्तिको पानीमा वा तेलमा छायाँ देखिन छोड्छ वा मधुरो देखिन थाल्यो भने यो मृत्यु निकट भएको संकेत हो । छायाँ हराउन थालेपछि मृत्यु निकट भएको बुझ्नु पर्छ ।
२- मृत्यु निकट भएपछि मानिसको आँखामा ज्योति कम हुँदै जान्छ । नजिक बसेका ब्यक्ति पनि देखिन छोडे वा चिनिन छोडे भने पनि मृत्यु निकट आएको बुझिन्छ ।
३- जीवनमा गरिएका राम्रा र नराम्रा कर्म अनुसार मृत्यु नजिक भएपछि मानिसको आँखामा त्यस्ता कुरा घुम्ने गर्छन् । फिल्ममा पुराना कुरा देखाइएको जस्तै जीवनका राम्रा र नराम्रा कर्म आँखा अगाडी आउँछन् ।
४- जसको कर्म निक्कै राम्रो छ उसको आँखामा मृत्यु हुनु अघि प्रकाश देखिन्छ । यस्ता ब्यक्ति मृत्युको समयमा निश्चित देखिन्छन् ।
५- गरुण पुराणका अनुसार मृत्युको घडी नजिकिएपछि यमराजका दुत मृत्यु हुने ब्यक्तिको नजिक देखिन्छन् । मृत्यु हुन लागेका ब्यक्तिले मात्र यस्ता भयंकर जीवको दृष्य देख्छ ।
६- पाप कर्म धेरै गरेका ब्यक्तिका सामने यमदुतहरु डरलाग्दा देखिन्छन् । यस्ता ब्यक्ति मृत्यु हुने समयमा डराएको देखिन्छ ।
७- शरीर त्याग गर्ने समयमा मानिसको आवाज हराउँछ । बोल्न खोजे पनि बोली आउँदैन । कसैले घाँटी च्याँपे जस्तो आवाज आउँछ ।
८- गरुण पुराणका अनुसार आत्मा जीवनका सबै घटनाको अर्थात कर्मको आफ्नो साथमा लिएर शरीर त्याग गरिदिन्छ । अभौतिक शरीरलाई आफूले गरेका खराव कर्मको प्रयाश्चित गर्न यमराजको ढोकामा उपस्थित गराइन्छ ।
९- उक्त पुराणका अनुसार मृत्युपछि पापी मनुष्यलाई २४ घण्टामा यमदूतले वायुमार्गबाट यमलोकमा पुर्याउँछन् । यमराजले कर्म अनुसार नर्कमा सजाय सुनाउँछन् । एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया