शिव श्रेष्ठले ‘लप्पन छप्पन २’ खेल्ने

appharu
0
Shares

काठमाण्डौं । सदावहार नायक शिव श्रेष्ठ चलचित्र ‘लप्पन छप्पन २’ मा अनुबन्धित बन्नु भएको छ ।

सौगात मल्लको पिताको भूमिकामा रहने गरि श्रेष्ठले शनिवार दिउँसो चलचित्रको लागि साइन गर्नुभएको हो । मुकुन्द भट्टको निर्देशनमा निमार्ण हुने चलचित्रको छायांकन बेलायत र अष्ट्रेलियामा हुने जनाईएको छ ।

चलचित्रमा नायक श्रेष्ठ र मल्लका साथै दयाहाङ राई, नम्रता श्रेष्ठ, सुरविना कार्की, अनुप विक्रम शाही लगायतका कलाकार रहने पक्का भैसकेको छ ।

यसअघि नायक श्रेष्ठले चलचित्र ‘प्रेम गीत ३’ मा साइन गरिसक्नु भएको छ । राम्रो पारिश्रमिक लिएर अनुबन्धित बन्नुभएको श्रेष्ठले प्रेम गीत ३ मा पनि बुबाको भूमिका निर्वाह गर्नुहुनेछ ।

‘एक्सन हिरो’ को रुपमा आफ्नो पहिचान बनाएका श्रेष्ठ पछिल्लो केही वर्षयता भने फिल्म अभिनयबाट निस्क्रिय जस्तै रहनुभएको थियो । भूमिका राम्रो लागेर फिल्ममा आबद्ध भएको श्रेष्ठले प्रतिक्रिया दिनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?