देशभर सामान्य बदली: कस्तो छ ३ दिनको मौसम ? हेर्नुहोस्

appharu
0
Shares

काठमाडौं । आज देशका अधिकांश भू-भागमा मौसम सामान्य देखि पूर्ण बदली रहनेछ ।

देशका पश्चिमी भू-भागका धेरै स्थानहरूमा र मध्य र पूर्वका पहाडी भू-भागका केही स्थानहरूमा मेघ गर्जनसहितको वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मध्य नेपालका पहाडी भू-भागका एक-दुई स्थानहरू, मध्य-पश्चिमी तराईका एक-दुई स्थानहरूमा र पूर्वका तराई र तल्लो पहाडी भू-भागमा मध्यम देखि भारी वर्षाको सम्भावना छ।

आज काठमाडौंको अधिकतम तापक्रम २१ डिग्री सेल्सियस रहेको छ भने न्यनतम तापक्रम १९ डिग्री सेल्सियस रहेको छ ।

यस्तो छ मंगलबारसम्मको मौसम:-
असार २३ गते (सोमवार)

दिउँसो: देशका अधिकांश भू-भागमा सामान्य देखि पूर्ण बदली रहनेछ। देशका अधिकांश भू-भागमा वर्षाको सम्भावना छ। मध्य र पूर्वि नेपालका पहाडी भू-भाग र पश्चिमका पहाडी र तराईका भू-भागका एक-दुई स्थानमा मध्यम देखि भारी वर्षा हुन सक्छ।

राती: देशका अधिकांश भू-भागमा सामान्य देखि पूर्ण बदली रहनेछ। देशका अधिकांश भू-भागमा वर्षाको सम्भावना छ। मध्य नेपालका पहाडी भू-भाग र पश्चिमका पहाडी भू-भागका केही स्थानमा र पूर्वि नेपालका पहाडी भू-भागका एक-दुई स्थानहरूमा मध्यम देखि भारी वर्षा हुन सक्छ।

असार २४ गते (मंगलवार)

दिउँसो: देशका अधिकांश भू-भागमा सामान्य देखि पूर्ण बदली रहनेछ। देशका अधिकांश भू-भागमा वर्षाको सम्भावना छ । मध्य र पूर्वि नेपालका पहाडी भू-भाग र पश्चिमका पहाडी र तराईका भू-भागका एक-दुई स्थानमा मध्यम देखि भारी वर्षा हुन सक्छ।

राती: देशका अधिकांश भू-भागमा सामान्य देखि पूर्ण बदली रहनेछ। देशका अधिकांश भू-भागमा वर्षाको सम्भावना छ। मध्य नेपालका पहाडी भू-भाग र पश्चिमका पहाडी भू-भागका केही स्थानमा मध्यम देखि भारी वर्षा हुन सक्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?