अवैध सम्बन्ध लुकाउन बुहारीद्वारा सासूको टाउकोमा धारिलो हतियार प्रहार !

appharu
0
Shares

काठमाडौं । अवैध सम्बन्ध लुकाउन बुहारीले आफ्नै सासूको हत्या प्रयास गरेकी छन् ।

पर्साको कालिकामाईं गाउँपालिका-२ भेडिहारीकी ३० वर्षीया इन्दुदेवी महराले धारिलो हतियार प्रहार गरी हत्या गरेकी हुन् । उनलाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।
इन्दुले शनिबार दिउँसो सासु राजपती देवी महरालाई ग्रासी(धारिलो हतियार)ले टाउकोमा प्रहार गरी गम्भीर घाइते बनाएकी थिइन् । राजपतीका श्रीमान भोजरामले जाहेरी दिएपछि इन्दुलाई प्रहरीले पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

अनुसन्धानका क्रममा इन्दुले आफ्नो अवैध सम्बन्ध लुकाउन सासुको हत्या प्रयास गरेको खुलेको प्रहरीले बताएको छ ।

घाइते राजपतीलाई वीरगञ्ज न्युरो अस्पतालमा भर्ना गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?