काठमाडौँ। सर्वोच्च अदालतले एनसेल लाभकर निर्धारण प्रकरणमा साउन २१ गते निर्णय सुनाउने भएको छ । रिट निवेदक र विपक्षी दुवैको बहस आइतबार सकिएपछि सर्वोच्चको पूर्ण इजलासले साउन २१ गते निर्णय सुनाउने मिति तोकेको हो ।
न्यायाधीशहरू तेजबहादुर केसी, पुरुषोत्तम भण्डारी, डम्बरबहादुर शाही, सुस्मालता माथेमा र डा. मनोजकुमार शर्माको पूर्ण इजलासले बहस सकेर निर्णय सुनाउने मिति तोकेको हो । जेठ २१ गतेबाट पूर्ण इजलासमा निरन्तर सुनुवाइ राखिएको थियो । सर्वोच्च अदालतका सहायक प्रवक्ता देवेन्द्र ढकालले साउन २१ गते निर्णय सुनाउने गरी बहस सकिएको जानकारी दिए । गाेरखापत्रमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया