तुईन चालक चेपाङलाई नयाँ घर

appharu
0
Shares

धादिङ्ग । चर्चित हास्यकलाकारद्वय कुमार कट्टेल ‘जिग्री’ र अर्जुन घिमिरे ‘पाँडे’ ले तुईन चालक शुक्रबहादुर चेपाङको नयाँ घर हस्तान्तरण गरेका छन् ।

धादिङ चरौदी स्थित त्रिशुली नदी किनारमा २० वर्ष देखि तुईन चलाउदै आएका ८० वर्षका चेपाङलाई आइतबार एक कार्यक्रमका बीच जिग्री–पाँडे सहित टोलीले घर हस्तान्तरण गरेको हो ।

कायक्रममा मधुसुदन पाठक ‘सिते बा’, व्यवसायी हरि काफ्ले, नागरिक समूहका पदाधिकारीको उपस्थिती रहेको थियो । घर हस्तान्तरण कार्यक्रममा कलाकार पाँडेले शुक्रबहादुरको लागि यति राम्रो चिटिक्क परेको घर बन्नु खुसीको कुराभएको बताए ।

यस्तै जिग्रीले एउटा पून्यको काममा सहभागी हुन पाउदा अत्यन्तै खुसी लागेको बताए । शुक्रबहादुरले २० वर्षदेखि तुईन तारेर धेरै व्यक्तिलाई वारपार गराउनु पनि एउटा सामाजिक सेवा नै भएको जिग्रीको भनाई थियो ।

घर निर्माणका लागि यूके निवासी गीता गुरुङ, साइप्रस निवासी कालिका थापा सेढाई, अष्ट्रिया रहने कुमार अधिकारी र दुबईमा बस्ने हरिचन्द्र गिरीले अभियान चलाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?