प्रगतिशील लेखक संघका उपाध्यक्ष थपलियासहित तीन साहित्यकार गिरफ्तार

काठमाडौँ, २ मंसिर । प्रगतिशील लेखक संघ (प्रलेस)का उपाध्यक्ष खेम थपलियासहित तीन जनालाई प्रहरीले गिरफ्तार गरेको छ प्रलेसको मासिक परिसंवाद कार्यक्रमबाट फर्कने क्रममा बागबजारबाट साँझ थपलियालाई नियन्त्रणमा लिई महानगरीय प्रहरी परिसर टेकुमा राखिएको छ । प्रलेसका अध्यक्ष मातृका पोखरेल र महासचिव आरएम डंगोलले विज्ञप्ति जारी गरी विनाकारण लेखकलाई नियन्त्रणमा लिइनु लेखकीय स्वतन्त्रताविपरीत भएको जनाउँदै तिनलाई तत्काल रिहा गर्न माग गरिएको छ । थपलिया ‘हाम्रो जलजला’ मासिकका सम्पादक पनि हुन् थपलियासँगै गिरफ्तार गरिएका साहित्यकार वैरागी जेठा र अच्युत तिवारीलाई दुई घण्टापछि प्रलेसका महासचिव डंगोल र अनेरास्ववियु (क्रान्तिकारी)का महासचिव उत्तम अधिकारीको रोहवरमा रिहा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?