जनतालाई विषादी खान दिने छैन: आपूर्तिमन्त्री यादव

appharu
0
Shares
तस्विर: गुगलबाट

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिका यादवले पूर्वाधार भए नभएको नहेरी भारतबाट आयात हुने तरकारी तथा फलफूलमा विषादी परीक्षण गर्ने निर्णय गरेको भन्दै माफी मागेका छन् ।

सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी मन्त्री यादवले सचिवहरुले आफूलाई डुबाएको आरोप लगाउँदै माफी मागेका हुन् ।

उनले भने, ‘प्रधानमन्त्री कार्यालय, कृषि र आफ्नै मन्त्रालयका चार सचिवले मलाई डुबाए, निर्णय गर्ने बेला मलाई गुमराहमा राखे ।’

प्रधानमन्त्री वा अरु कसैको पत्र वा दबावमा निर्णय फिर्ता नलिएको पनि उनले बताए ।

उनले भने, “सचिवहरुले मलाई भन्दै भनेनन् । पूर्वाधार नभइ निर्णय गर्नु मेरो गल्ती भो । ” उनले माफी माग्दै भने, “म जनतालाई विषादी खान दिने छैन । अहिलेलाई गल्ती भयो । माफी माग्छु ।”

“मलाई थप्पड हानेर तपाईंहरुलाई सन्तोष मिल्छ भने हान्नुस् ।” यादवले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?