नीतिमै कोखदेखि शोकसम्म, बृद्धभत्ताभन्दा धेरै प्रभाबकारी योजनाकाठमाडौं, २ मंसिर । नेपाली काँग्रेसले गर्भमा रहेको बच्चाको हेरचाहदेखी नागरिकको मृत्युुपछि गरिने सस्कारको जिम्मा समेत सरकारले नै लिनेगरी बृहत जनहितकारी योजना अघि सारेको छ । कांग्रेसले आफ्नो घोषणापत्रमा उल्लेख गरेअनुसारको एकिकृत सामाजिक सुरक्षा अवधारणा कार्यान्वयन गर्न सकेमा आम जनतालाई धेरै राहत पुुग्ने देखिन्छ । तर यो अवधारणको कार्यान्वयनको लागी कम्तिमा एउटा आर्थिक वर्ष कांग्रेसको नेतृत्वको सरकार हुनुुपर्नेछ वृद्ध भत्ताको नाममा एमालेले राजनीति गरिरहँदा काँग्रेसले ल्याएको कोखमा रहेको बच्चादेखि व्यक्तिको मृत्युसम्मका संस्कारमा राज्यको भूमिका रहने गरि एकिकृत सामाजिक सुरक्षा अवधारणा कार्यान्वयनमा ल्याउन सके जनतालाई धेरै राहत मिल्ने निश्चित छ कांग्रेसको एकिकृत सामाजिक सुरक्षा अवधारणा यस्तो छ
- कोखमा बच्चा रहेको बेलादेखि बच्चा जन्मेको १ हजार दिनसम्म आमा र शिशुको लागि पोषिलो खाना उपलव्ध गराउन पोषण कुपन उपलव्ध सरकारले गराउने छ ।
- शैक्षिक संस्थामा आवास, खाना, छात्रवृती, ससर्त नगद हस्तान्तरण र ल्यापटप साइकल जस्ता प्रोत्साहन पुरस्कार उपलव्ध गराउने
- तरुण सीप वृद्धीको सँगै यूवा स्वरोजगार एवं स्वरोजगार नभएको युवालाई वेरोजगार भत्ता उपलव्ध गराउने
- अनिवार्य स्वास्थ्य वीमा साथसाथै कृषी, पशुधन दुर्घटना र वेरोजगारी सुरक्षा बीमा
- १०० वटा निशुल्क औषधी र विशेष रोगको निशुल्क स्वास्थ्य उपचार गर्ने
- गरिवका लागि बर्षको सय दिनको रोजगारको प्रत्याभूती
- एकल महिला अपाङग र सीमान्तकृत समुदाय लगायतका लागि निशर्त नगद हस्तान्तरण कार्यक्रम
- ज्येष्ठ नागरिक भत्ता र सेवाआश्रम जुन झनै प्रभाबकारी र जनप्रिय कदम छ । जसमा दलित र कर्णालीमा ६० बर्षपछिका व्यक्तिले यो सुविधा प्राप्त गर्न सक्ने काँग्रसको अवधारणामा छ। देशभरका सबै महिलाले ६५ बर्षपछि र वाँकी सबै पुरुषले ७० बर्षपछि यो सुविधा लिन सक्नेछन् ।
जीवन रहँदा मात्र हैन जीवन सकिएर मृत्यु हुँदा पनि काँग्रेसले मृत्यु संस्कार र सम्मान खर्च स्वरुप १० हजार उपलव्ध गराउने जनाएको छ। नेपाली कांग्रेस प्रचार प्रसार उपसमिति संयोजक गगन थापा आफैले समेत केही अंशमा देखिएको भिडियोले आम नागरिकमा आशा जाग्ने देखिन्छ । स्मरण रहोस् गगन थापा स्वास्थ्यमन्त्री हुुदा उनको कार्यक्षेत्रमा पर्ने स्वास्थ्य क्षेत्रका जनहितकारी कदम चालेका थिए https://youtu.be/vQMFu1lKGMU
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया