कोखमा रहेको बच्चादेखी मृत्यु सस्कारसम्म भत्ता दिने कांग्रेसको प्रतिवद्धता(भिडियो)

 नीतिमै कोखदेखि शोकसम्म, बृद्धभत्ताभन्दा धेरै प्रभाबकारी योजना काठमाडौं, २ मंसिर । नेपाली काँग्रेसले गर्भमा रहेको बच्चाको हेरचाहदेखी नागरिकको मृत्युुपछि गरिने सस्कारको जिम्मा समेत सरकारले नै लिनेगरी बृहत जनहितकारी योजना अघि सारेको छ । कांग्रेसले आफ्नो घोषणापत्रमा उल्लेख गरेअनुसारको एकिकृत सामाजिक सुरक्षा अवधारणा कार्यान्वयन गर्न सकेमा आम जनतालाई धेरै राहत पुुग्ने देखिन्छ । तर यो अवधारणको कार्यान्वयनको लागी कम्तिमा एउटा आर्थिक वर्ष कांग्रेसको नेतृत्वको सरकार हुनुुपर्नेछ । वृद्ध भत्ताको नाममा एमालेले राजनीति गरिरहँदा काँग्रेसले ल्याएको कोखमा रहेको बच्चादेखि व्यक्तिको मृत्युसम्मका संस्कारमा राज्यको भूमिका रहने गरि एकिकृत सामाजिक सुरक्षा अवधारणा कार्यान्वयनमा ल्याउन सके जनतालाई धेरै राहत मिल्ने निश्चित छ । कांग्रेसको एकिकृत सामाजिक सुरक्षा अवधारणा यस्तो छ ।

  • कोखमा बच्चा रहेको बेलादेखि बच्चा जन्मेको १ हजार दिनसम्म आमा र शिशुको लागि पोषिलो खाना उपलव्ध गराउन पोषण कुपन उपलव्ध सरकारले गराउने छ ।
  • शैक्षिक संस्थामा आवास, खाना, छात्रवृती, ससर्त नगद हस्तान्तरण र ल्यापटप साइकल जस्ता प्रोत्साहन पुरस्कार उपलव्ध गराउने
  • तरुण सीप वृद्धीको सँगै यूवा स्वरोजगार एवं स्वरोजगार नभएको युवालाई वेरोजगार भत्ता उपलव्ध गराउने
  • अनिवार्य स्वास्थ्य वीमा साथसाथै कृषी, पशुधन दुर्घटना र वेरोजगारी सुरक्षा बीमा
  • १०० वटा निशुल्क औषधी र विशेष रोगको निशुल्क स्वास्थ्य उपचार गर्ने
  • गरिवका लागि बर्षको सय दिनको रोजगारको प्रत्याभूती
  • एकल महिला अपाङग र सीमान्तकृत समुदाय लगायतका लागि निशर्त नगद हस्तान्तरण कार्यक्रम
  • ज्येष्ठ नागरिक भत्ता र सेवाआश्रम जुन झनै प्रभाबकारी र जनप्रिय कदम छ । जसमा दलित र कर्णालीमा ६० बर्षपछिका व्यक्तिले यो सुविधा प्राप्त गर्न सक्ने काँग्रसको अवधारणामा छ। देशभरका सबै महिलाले ६५ बर्षपछि र वाँकी सबै पुरुषले ७० बर्षपछि यो सुविधा लिन सक्नेछन् ।

जीवन रहँदा मात्र हैन जीवन सकिएर मृत्यु हुँदा पनि काँग्रेसले मृत्यु संस्कार र सम्मान खर्च स्वरुप १० हजार उपलव्ध गराउने जनाएको छ। नेपाली कांग्रेस प्रचार प्रसार उपसमिति संयोजक गगन थापा आफैले समेत केही अंशमा देखिएको भिडियोले आम नागरिकमा आशा जाग्ने देखिन्छ । स्मरण रहोस् गगन थापा स्वास्थ्यमन्त्री हुुदा उनको कार्यक्षेत्रमा पर्ने स्वास्थ्य क्षेत्रका जनहितकारी कदम चालेका थिए । https://youtu.be/vQMFu1lKGMU

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?