सिरिन्ज आक्रमणका आरोपित पाठक थुनामुक्त

appharu
0
Shares
तस्विर: गुगलबाट

काठमाडौं । धुलिखेलम जाने बसमा भएको ‘सिरिन्ज आक्रमण’मा पक्राउ परेका युवक थुनामुक्त भएका छन् ।

अनुसन्धानका क्रममा उनी घटनामा संलग्न भएको हुनसक्ने कुनै प्रमाण नभेटिएपछि स्याङ्जाका शिक्षक खगेन्द्रप्रसाद पाठकलाई थुनामुक्त गरिएको हो ।

पाठकलाई स्थानीयले युवतीमाथि सिरिन्ज आक्रमण गरेको आरोप लगाउँदै पक्राउ गरी आइतबार प्रहरीलाई बुझाएका थिए ।

प्रहरीले पीडित भनिएकी महिलामाथि ‘सिरिन्ज आक्रमण’ भएको हो/होइन भन्ने विषय पनि निर्क्यौल भइसकेको छैन ।

प्रहरीका अनुसार गएराति भएको छलफलबाट दुवै पक्षबीच सहमति पनि भएपछि उनलाई हिरासतबाट निकालिएको थियो ।

धुलिखेल जाने बस चढेकी १९ वर्षीया किशोरीलाई एकाएक पाखुरामा चस्स दुखे जस्तो भएपछि सिरिन्ज आक्रमणको आशंका गरिएको थियो ।

आक्रमणको आशंकामा स्थानीयले पाठकलाई कुटपिट समेत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?