भक्तपुर, २ मंसिर । आगामी मंसिर २१ गते हुने निर्वाचनमा प्रतिनिधिसभा सदस्यतर्फ भक्तपुर क्षेत्र नं २ बाट प्रतिस्पर्धामा उत्रिएका नेताहरुका कारण यो क्षेत्र चर्चामा आएको छ पूर्वसभामुख, पूर्वमन्त्री र पूर्वसांसदबीच त्रिपक्षीय प्रतिस्पर्धा रहेको यस क्षेत्रमा तीनै उम्मेदवारले फरक फरक कार्यसूची लिएर मतदातासँग मत मागिरहेका छन् । यस क्षेत्रमा यसअघि नेपाल मजदुर किसान पार्टी र नेपाली काँग्रेसले आलोपालो बाजी मार्दै आएका थिए काँग्रेसबाट पूर्वसभामुख एवं मानवअधिकारवादी दमननाथ ढुंगाना, एमालेका युवा नेता एवं पूर्व उद्योगमन्त्री महेश बस्नेत र नेमकिपाबाट समानुपातिक सांसद भइसक्नुभएकी सुश्री अनुराधा थापा मगर चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ उम्मेदवारका कारण मात्र होइन पछिल्लो समयमा उम्मेदवारले ल्याएको कार्यसूचीका बारेमा समेत यस क्षेत्र मतदातामाझ चर्चामा पुगेको छ । छयहत्तर वर्षीय ढुंगानाले मतदातामाझ आफूलाई कुचीकार उम्मेदवारका रुपमा उभ्याउनुभएको छ । उहाँ राजनीतिमा साह्रै फोहर बढेकाले त्यसलाई सफा गर्न राजनीतिक कुचो लिएर आफू आएको बताउनुहुन्छ ढुंगाना भन्नुहुन्छ, “देश विकास गर्न पहिला राजनीतिमा बढेको फोहरी खेलको सफाइ गर्नुपर्छ, मेरो उम्मेदवारी त्यही राजनीति सफाइ गर्न कुचो बोकेर आएको कुचीकारका रुपमा बुझ्नुस्, म पहिला राजनीति सफाइ गर्छु, अनि विकास ।”एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा भारतले नाकाबन्दी नै नगरे पनि नाकाबन्दी ग¥यो भनेर गलत हल्ला गरी राष्ट्रवादको गलत नारा लगाएको टिप्पणी गर्दै उहाँले देशलाई गलत बाटाबाट जान रोक्न विशेष परिस्थितिमा आफू भक्तपुरमा उम्मेदवार भएर आएको बताए यता एमालेका उम्मेदवार ४१ वर्षीय बस्नेत भने आफ्नो उम्मेदवार भक्तपुरको विकासका लागि भएको बताउनुहुन्छ । यसअघिको संविधानसभाको निर्वाचनमा काँग्रेससँग पराजित बस्नेतले आफूले अधिकांश समय भक्तपुरको विकासमा चासो दिएर अग्रसर भएको बताउँदै अबको पाँच वर्षमा जिल्लालाई चौतर्फी विकास गरिने दृढता व्यक्त गर्नुभयो । वर्षैदेखि विकासमा पछि परेको भक्तपुरलाई धार्मिक पर्यटकीय क्षेत्र बनाइने, गाउँगाउँमा सडक, खानेपानी, सञ्चार, स्वास्थ्य संस्था पु¥याइने, आधुनिक सुविधासम्पन्न शहरको विकास गर्ने उहाँको कार्यसूची छ बस्नेत भन्नुहुन्छ, “ मैले भूकम्पमा घर भत्किएका छ हजारभन्दा बढी पीडितलाई लत्ताकपडा, खाद्यान्न, नगददेखि जस्ताको टहरा बनाइदिएर सहयोग गरेँ, पार्टी अध्यक्ष ओली प्रधानमन्त्री हुँदा र म उद्योगमन्त्री हुँदा भक्तपुरमा रु पाँच अर्बको बजेट ल्याएर विकासका काम शुरुवात गरेँ, अबको पाँच वर्षमा भक्तपुरलाई विकासबाट सम्पन्न जिल्ला बनाउने मेरो एजेण्डा छ ।”प्रतिस्पर्धामै रहनुभएकी नेमकिपाकी उम्मेदवार ३६ वर्षीया मगरको पनि फरक कार्यसूची छ । उहाँसँग राजनीतिक सफाइ र विकासका कार्यसूचीभन्दा पनि सिद्धान्तका कार्यसूची बढी छन् । देशमा समाजवादले ल्याउने परिवर्तन र पूँजीवादले ल्याउने संकट, धनी र गरिबबीचको बढ्दो खाडल र वैदेशिक हस्तक्षेपविरुद्ध चाल्नु पर्ने कदमका कार्यसूची लिएर उहाँ मतदातामाझ पुगेका छन् उहाँ देशमा भ्रष्टाचारी, देशद्रोही, बलात्कारीजस्ता अपराधीलाई फाँसीको कानून ल्याउनुपर्ने बताउनुहुन्छ । त्रिपक्षीय प्रतिस्पर्धा रहेको यस क्षेत्रमा यस पटकको निर्वाचनमा ढुंगाना, बस्नेत वा मगर कसले बाजी मार्ला भन्ने चासो र चर्चा चौतर्फी बढेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया