काठमाडौं, २ मंसिर । रसुवाको केरुङ नाकाबाट प्रहरीले शनिबार बिहान १७ किलो अवैध सुन बरामद गरेको छ विशेष सुराकीका आधारमा प्रहरीले बोलेरो जिपमा राखेको सो परिणमको सुन जिल्ला प्रहरी कार्यालय रसुवाबाट गएको टोलीले नियन्त्रणमा लिएको हो केहीदिन अघि नेपालबाट सामान लिन तिब्बत गएको सो जिपमा सुन लुकाएर ल्याएको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । सो जिपमा न्यापकिन, ट्वाइलेट पेपर ल्याइएको थियो सोहीभित्र राखेर १७ किलो सुन नेपाल ल्याउँदै गरेको सुराकीले जानकारी दिएपछि प्रहरीको टोली गएको थियो । प्रहरीले जिप र चालक पार्वतीकुण्ड गाउँपालिकाका ३१ वर्षीय दावा तामाङलाई नियन्त्रणमा लिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया