नुवाकोट काँग्रेसले भन्यो, ‘हाम्रो जनलहरबाट अत्तालिएकालाई सहयोग गर्न बम विस्फोट’

नुवाकोट, २ मंसिर । नेपाली काँग्रेस नुवाकोटले पार्टीका उम्मेदवारलाई लक्षित गरी गराएको बम विस्फोटको घटनाले पार्टीलाई गम्भीर बनाएको बताएको छ नुवाकोट काँग्रेसका सभापति जगदिश्वरनरसिंह केसीले एक विज्ञप्ति जारी गर्दै नुवाकोट क्षेत्र नम्बर २ का प्रतिनिधिसभाका उम्मेदवार डा.रामशरण महत र प्रदेशसभाका उम्मेदवार रमेश महतसहित निर्वाचन प्रचार प्रसारमा निस्किएको टोली चढेको बा.१६ च ६६५ नम्बरको जिपमा गराइएको एम्बुस विस्फोटको कडा शब्दमा निन्दा गरेका हुन् विज्ञप्तिमा भनिएको छ, ‘काँग्रेसका उम्मेदवाहरु मतदाताको सामिप्यतामा पुगिरहेको र नुवाकोटका दुवै क्षेत्रमा काँग्रेसको पक्षमा जनलहर नै सिर्जना भएको छ । मुलुकमा साम्यवादी एकदलीय अधिनायकवादी शासन व्यवस्थाको अभिष्ट पूरा गर्न एक भएका दुई कम्युनिस्ट घटकहरुको भ्रम र दम्भको राजनीतिलाई चिर्दै आम मतदाता काँग्रेसको पक्षमा देखिएपछि त्यसबाट अत्तालिएकहरुलाई मद्दत पुग्ने गरी सिगारेचौर घटना घटाइएको स्पष्ट भएको छ ।’‘आतंकको छायाँमा जनताको मत लिने सपना देखेका कम्युनिस्टहरु स्वयम् जनमतबाट बहिस्कृत हुने अवस्थामा पुगिसकेका छन्,’ केसीद्वारा जारी विज्ञप्तिमा भनिएको छ नुवाकोट काँग्रेसले सो घटनाबाट कतिपनि विचलित नभईकन निर्वाचन अभियानमा सशक्त रुपमा परिचालित हुन र विपक्षीको आक्रमणको डटेर सामना गर्न पनि पार्टीपंक्तिलाई आग्रह गरेको छ यस्तै घटनामा परी घाइते भएका नेवि संघका नेताहरु उपेन्द्र मिश्र, सबिन लामा, भेषकुमार तामाङ, रमेश राईलगायतको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै दोषीलाई कारबाहीको दायरामा ल्याउन सरकारसँग माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?