एजेन्सी । चर्चित कमेडियन कपिल शर्माले चाँडै नै आफ्नो शो ‘द कपिल शर्मा शो’को साथ टिभीमा फर्कने भएका छन् न्यूज एजेन्सी आइएएनएससँग कुरा गर्दै कपिलले यस कुराको पुष्टि आफैले गरेका हुन् । रिपोर्टका अनुसार, सोनी इन्टरटेन्मेन्ट टेलिभिजनको कार्यकारी उपाध्यक्ष तथा विजनेस हेड दानिश खानले पनि कपिलले आफ्नो शो सहित चाँडै नै टिभीमा फर्किने बताए । समाचारमा आएको खबर अनुसार, कपिलको स्वास्थ्य खराबी भएको कारण उनले केही साताको लागि आफ्नो शो बन्द गर्ने फैसला लिएका थिए । त्यस समय कपिल आफ्नो स्वास्थ्यको समस्याहरुसँग जुधिरहेका थिए उनी अस्वस्थ भएकै कारण केहि शुटहरु क्यान्सिल गर्नु परेको थियो, जँहा स्टार्सहरु शुटिङ नगरिकनै फर्कन बाध्य भएका थिए । अहिले कपिल आफ्नो आगामी फिल्म ‘फिरंगी’को प्रोमोशनमा पनि जुटिरहेका छन् । कपिलको साथमा यस दृश्यमा नजर आईसकेकी इशिता दत्त पनि मुख्य भुमिकामा छिन् । यस फिल्मको निर्माता कपिल आफैले गरेका हुन् यस फिल्मलाई राजीव धींगराले निर्देशन गरेका हुन् । कपिलले निर्माता गरेको यो फिल्म २४ नोभेम्बरमा रिलिज हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया