मोरङ, २ मंसिर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अमृत अर्याल र वाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रको उम्मेदवार एवं बिना विभागीयमन्त्री शिवकुमार मण्डलबीच मोरङ क्षेत्र नं ५ मा प्रतिनिधिसभा सदस्यका लागि मुख्य प्रतिस्पर्धा हुने देखिएको छ कांग्रेस उम्मेदवार अर्यालले आफूले करोडौँको विकासे योजना ल्याएको दाबी गर्नुभएको छ । उहाँ भन्नुहुन्छ, “मधेशका मुद्दा काँग्रेसले जितेमात्र सम्बोधन हुन्छ, काँग्रेसले जिते मुलुकमा विकास हुन्छ ।” उहाँले आफू सांसद भएको समयमा पुल, सडक निर्माण, विद्यालय भवन निर्माण, बाढीपीडितलाई सहयोगलगायत काम गरेको बताउनुभयो वाम गठबन्धनका उम्मेदवार तथा बिना विभागीयमन्त्री मण्डलले किसानका लागि माछापालन गर्ने योजना ल्याएको बताउनुभयो । प्रधानमन्त्री कृषि अधुनिकीकरण योजनाबाट कृषकको जीवनस्तर उकास्न पहल गरेको उहाँको दाबी छ । उहाँ भन्नुहुन्छ, “वाम गठबन्धन अहिलेको आवश्यकता हो, गठबन्धनले चुनाव जिते देशको मुहार चाँडै फेरिन्छ ।”मोरङ क्षेत्र नं ५ मा कांग्रेसका अर्याल, वाम गठबन्धनका मण्डलसँगै संघीय समाजवादी फोरमका राजकुमार यादव उम्मेदवार हुनुहुन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया