ललितपुर, २ मंसिर ः अर्थ राज्यमन्त्री एवं ललितपुर क्षेत्र नं १ का लोकतान्त्रिक गठबन्धनबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार रहनुभएका उदयशम्शेर राणाले जनताको सेवा नै आफ्नो प्रमुख उद्देश्य रहेको बताउनुभएको छ प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको सिलसिलामा आज गोदावरी नगरपालिका–५ लेलेमा घरदैलो कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले जनचाहनाअनुरुप विकासका कामसमेत प्रमुख एजेन्डामा रहेको बताउनुभयो “जनताले विकास र आर्थिक समृद्धि चाहेका छन्”–उहाँले भन्नुभयो । विसं २०७० को दोस्रो संविधानसभाको निर्वाचनमा यस क्षेत्रबाट विजयी भएर विकासका कामलाई तीव्रगतिमा अगाडि बढेको उहाँको भनाइ रहेको थियो । मंसिरमा हुने निर्वाचनमा विजयी बनेपछि यहाँका हरेक समस्यालाई समाधान गर्ने उहाँको प्रतिबद्धता थियो सोही वडाका अध्यक्ष मिलन सिलवालले विकासप्रेमीका रुपमा यहाँका जनताले उदय शम्शेरलाई चिन्ने गरेको बताउनुभयो । हरेक दुःख सुखमा साथ दिने राजनेताको आवश्यकता रहेको बताउँदै आगामी निर्वाचनले त्यही अनुरुपको नेतालाई विजयी गराउन जनताहरु लालायित रहेको उहाँले उल्लेख गर्नुभयो । (रासस)
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया